शक्तिशाली भूकम्पले हजार बढीको मृत्यु, हजारौं घाइते ((फोटो फिचर)

२०७२ बैशाख १२ शनिबार
९ तले धरहरा ढल्यो, काष्टमण्डपमा भयानक क्षति
सबैभन्दा बढी क्षति काठमाडौं भक्तपुर र सिन्धुपाल्चोकमा
काठमाडौं : शनिबार मध्यान्ह अएको शक्तिशाली भूकम्पले हजार बढी मानिसको मृत्यु  भएको छ। लमजुङ जिल्लालाई केन्द्रबिन्दू बनाएर शनिबार दिउँसो ७.५ म्याग्निच्यूटको भूकम्प गएको हो।
भूकम्पबाट काठमाडौंको सुनधारास्थित ऐतिहासिक ९ तले धरहरा पूरै ढलेको छ भने वसन्तपुर दरबार स्वायरमा रहेको काष्टमण्डप पूरै भत्किएको छ । 
काठमाडौंमा धरहरा भत्कँदा त्यस आसपासमा धेरै मानिस हताहत भएको अनुमान गरिएको छ । काठमाडौंमा भूकम्पबाट करिब एक सयजनाको ज्यान गएको प्राराम्भीक अनुमान गरिएको छ।
गोरखा र चितवनमा ठूलो मानवीय क्षति भएको छ  । धादिङमा ९० जनाको ज्यान गएको छ भने राजमार्ग बन्द भएको छ ।