आइफोनको हेडफोनले गर्छ यी ९ रोचक काम

आइफोन वा आइप्पाडसँगै आउने हेडफोन हेर्दा निकै सामान्य लाग्छ । अक्सर यसको प्रयोग फोन कल गर्न वा गीत सुन्नका लागि मात्र गर्छन आम प्रयोगकर्ताले ।
तर, तपाईं यदि यसको स्मार्ट तरिकाले प्रयोग गर्न चाहनुहुन्छ भने यही सानो इयरफोनमा निकै ठूलो संसार छ ।
एयरफोनमार्फत् आइफोनका फिचर नियन्त्रण गर्ने यन्त्रलाई एयरबड्स भनिन्छ । इयरबड्सका माध्यमबाट तपाईले आइफोन नचलाई धेरै काम गर्न सक्नुहुन्छ ।
आउनुहोस् आज हामी तपाईंलाई एयरफोनभित्र लुकेर रहेका केही यस्तै फिचरबारे जानकारी दिँदैछौं ।
every-iphone१. एयरबड्सको बिचको बटनलाई एकपटक मात्र थिच्नुभयो भने तपाईले फोन उठाउन, कुरा गरिरहेको अबस्थामा फोन काट्न, सुनिरहेको गीत रोक्न वा रोकिएको गीतलाई पुनः सुचारु गर्न सकिन्छ ।
२. आइफोन स्क्रिन लक भइरहेका बेला पनि तपाईले इयर बड्सको बिचको भाग एकपटक थिच्नुभयो भने तपाईको आइफोनमा भएको गीत बज्न थाल्छ । फेरि एकपटक थिच्नुभयो भने रोकिन्छ ।
३. गीत सुनिरहेका बेला तुरुन्तै अघिल्लो गीतमा जम्प गर्नका लागि एयरबड्सलाई डबल क्लिक गर्नुहोस् ।
४. यदि तपाई पुरानै गीतमा फर्किनु चाहानुहुन्छ भने फटाफट तीनचोटी सोही बटन थिच्नुहोस् ।
५. डबल क्लिक गरेर बिचको बटनलाई केहीबेर थिचिराख्नुभयो भने गीत फास्ट फरवार्ड हुन्छ ।
६. गीतलाई रिवान्ड गर्नु छ भने तीनपटक फटाफट थिचेर केहीबेर होल्ड गर्नुहोस् ।
७. एयरबड्सको बिचको बटन थिचेर कुरा गरिरहेको फोन कललाई होल्डमा राखेर अर्को कल रिसिभ गर्न वा फेरि होल्डमा राखिएको फोन कलमा फर्किन सकिन्छ ।
८. यसैगरी बजिरहेको कललाई अस्वीकार गरी म्यासेज पठाउन चाहानुहुन्छ भने बिचको बटन एकपटक क्लिक गरेर केहीबेर थिचिराख्नु पर्छ ।
९. एयरफोनबाटै फोटो पनि खिच्न सकिन्छ । यसका लागि तपाईले क्यामेरा एप अन गरेर एयरबड्सको बिचको बटन थिच्नुपर्छ ।
के तपाईले आइफोन एयरफोनका अन्य फिचरबारे पनि थाहा पाउनुभएको छ ? कृपया कमेन्टमार्फत् बाँडनुहोस् ।
“आइफोनको हेडफोनले गर्छ यी ९ रोचक काम”