संकटको अवस्थामा बानेश्वरमा आन्दोलन गर्ने को हो ? (भिडियो सहित)

andolan 6मिडिया एनपी, काठमाडौं । शनिबार गएको भूकम्पका कारण घर फर्कन चाहानेलाई सरकार र निजी क्षेत्रले यातायातको व्यवस्था गरेपनि बसको अभाव भएको भन्दै बानेश्वरमा आन्दोलन भइरहेको छ । सरकारले प्रयाप्तमात्रामा बसको व्यवस्था नगरेको तथा काठमाडौंमै बस्न पनि अतिआवश्यक बस्तुको उपलब्ध नगराएको भन्दै केही युवाहरुले बानेश्वरमा आन्दोलन जारी राखेका छन् । उनीहरुको आन्दोलनका कारण यातायात आवगमनमा अवरोध पुगेको छ । प्रदर्शनलाई नियन्त्रणमा लिन प्रहरीले प्रयास गरिरहेको छ ।
बानेश्वर चोकमा आन्दोलन भइरहँदा संविधानससभा भवनको दक्षिणपटिको पर्खाल साइडमा घर जानेहरुको लामो लाइन लागेको छ । निजी शिक्षण संस्थाहरुले काभ्रे, सिन्धुपाल्चोक लगायतका पूर्वी नेपाल घर भएकाहरुलाई फर्कन बानेश्वरमा यातायातको व्यवस्था गरेको छ ।
सिन्धुपाल्चोक घर भएका राकेश खड्काले आन्दोलनप्रति असन्तुष्टि जनाए । ‘हामी पनि भूकम्प पीडित हौं, घर जान चाहेकाले लाइन लागेका हौं’, उनले भने, ‘ति आन्दोलन गर्ने को हो ? घर जान चाहाने लाइनमा लाग्नु पर्यो नी ।’ अझै उनले भने, यो संकटको अवस्थामा आन्दोलन गर्ने होइन, मिलेर घर फर्कनु पर्छ’ ।

बानेश्वर चोकमा आन्दोलन भइरहँदा संविधानससभा भवनको दक्षिणपटिको पर्खाल साइडमा घर जानेहरुको लामो लाइन लागेको छ । निजी शिक्षण संस्थाहरुले काभ्रे, सिन्धुपाल्चोक लगायतका पूर्वी नेपाल घर भएकाहरुलाई फर्कन बानेश्वरमा यातायातको व्यवस्था गरेको छ ।सिन्धुपाल्चोक घर भएका राकेश खड्काले आन्दोलनप्रति असन्तुष्टि जनाए । ‘हामी पनि भूकम्प पीडित हौं, घर जान चाहेकाले लाइन लागेका हौं’, उनले भने, ‘ति आन्दोलन गर्ने को हो ? घर जान चाहाने लाइनमा लाग्नु पर्यो नी ।’ अझै उनले भने, यो संकटको अवस्थामा आन्दोलन गर्ने होइन, मिलेर घर फर्कनु पर्छ’ । भिडियो यहाँ हेर्न सक्नु हुनेछ