भूकम्पमा मृत्यु हुनेको सङ्ख्या पाँच हजार २० पुग्यो
काठमाडौँ, वैशाख १६ – शनिबार गएको विनाशकारी भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या पाँच हजार २० र घाइतेको सङ्ख्या सात हजार ६२४ पुगेको विवरण प्राप्त भएको नेपाल प्रहरीले जनाएको छ ।
सबैभन्दा बढी मध्यमाञ्चलमा तीन हजार ९८ र घाइते तीन हजार ७७७ पुगेको छ । जसअनुसार सिन्धुपाल्चोकमा एक हजार ३७६, काठमाडौँमा एक हजार ३४, नुवाकोटमा ६३८, धादिङमा ३६९, रसुवामा ३०२, काभ्रेमा २७३, भक्तपुर २५३, ललितपुर १६९, दोलखामा ५४, मकवानपुरमा ३४, रामेछापमा २४, सिन्धुलीमा नौ, चितवनमा छ, बारा र पर्सामा पाँच÷पाँच जना, सर्लाही, धनुषा र रौतहटमा एक÷एक जनाको मृत्यु भएको छ ।
पूर्वाञ्चलमा भूकम्पका कारण ५१ को मृत्यु र २५८ जना घाइते भएका छन् । जसअनुसार सोलुखुम्बुमा २२, ओखलढुङ्गामा १७, सुनसरीमा सात, भोजपुरमा दुई, मोरङमा दुई र ताप्लेजुङ¬मा एक जनाको मृत्यु भएको छ ।
मध्यपश्चिम क्षेत्रमा रोल्पा र रुकुममा एक÷एक गरी दुईको मृत्यु र २१ घाइते भएका छन् । सुदूरपश्चिममा भने भूकम्पका कारण कुनै मानवीय क्षति भएको छैन । रासस
