१०५ वर्षीय वृद्ध ८ दिनपछि जीवित भेटिए,

१०५ वर्षीय वृद्ध चमत्कारिक रुपमा  जीवित भेटिए
काठमाडौं : विनाशकारी भूकम्पपछि पुरिएको नौ दिनपछि चार जनाको जीवितै उद्धार गरिएको छ । उद्धारमा खटिएका सुरक्षाकर्मीले सिन्धुपाल्चोकबाट तीनजना र नुवाकोटबाट एकजना वृद्धको जीवितै उद्धार गरेका हुन् ।

उद्धारकर्मीले सिन्धुपाल्चोकको स्याउले गाविसस्थित केरबारीमा घरमा पुरिएका दुर्इ महिला र एक पुरुषको जीवितै उद्धार गरिएको सशस्त्र प्रहरीका डिएस्पी अजय छत्कुलीले जानकारी दिए ।

उद्धारकर्मीले सिन्धुपाल्चोकको स्याउली गाविस-८ स्थित केराबारीमा घरमा पुरिएका दुर्इ महिला र एक पुरुषको जीवितै उद्धार गरिएको सशस्त्र प्रहरीका डिएस्पी अजय छत्कुलीले जानकारी दिए ।

उनका अनुसार डिएस्पी प्रदीपसिंह कार्की नेतृत्वको सशस्त्र प्रहरीको विशेष उद्धार टोलीले स्याउले गाविसका ३५ वर्षीया ज्ञानुकुमारी खत्री, ६० वर्षीया धनकुमारी खत्री र २६ वर्षीय कन्चन खत्रीलार्इ जीवितै उद्धार गर्न सफल भएको हो ।

घरले पुरिएको अवस्थामा उद्धार गरिएका तीनैजनालार्इ तत्कालै उपचारका लागि सदरमुकाम चौतारास्थित अस्पतालमा लगिएको छ ।

१०५ वर्षीय वृद्धको जीवितै भेटिए
नुवाकोटको किम्ताङ गाविस-८ का १०५ वर्षीय फन्चु घलेलार्इ पनि प्रहरीले भूकम्पको ८ दिनपछि जीवितै उद्धार गरेको छ । वैशाख १२ को विनाशकारी भूकम्पपछि घरैमा पुरिएका उनलार्इ नेपाल प्रहरीसहितकए उद्धार टोलीले चमत्कारिकरुपमा जीवितै उद्धार गरेको हो ।

१६८ घण्टापछि जीवितै भेटिएका उनलार्इ भूकम्पले पूरै लडेको घरभित्रबाट उद्धार गरी उपचारका लागि नेपाली सेनाको हेलिकोप्टरबाट जिल्ला अस्पताल त्रिशूलीमा भर्ना गरिएको छ ।

नौ दिनसम्म भोकै तिर्खै रहेका उनी अहिले बोल्न सक्ने अवस्थामा छन् । घरले किचेपनि उनको हात खुट्टामा बाहेक अन्यत्र गहिरो चोट लागेको छैन ।