फेसबुकले जुटायो एक अर्ब रुपैयाँ सहयोग , मालिकबाट २० करोड सहयोग गर्ने घोषणा
काठमाडौ, वैशाख १८ - फेसबुकको माध्यमबाट नेपालका भूकम्प पीडितलाई सहयोर्थ एक अर्ब रुपैयाँ सहयोग जुटेको छ । इन्टरनेटशन मिडिया कर्पले सुरु गरेको अभियानमा फेसबुकमार्फत यो रकम जुटेको हो । दुई दिनमा यति रकम जुटेको फेसबुक मालिक मार्क जुकरवर्गले स्टाटसमार्फत जानकारी गराएका छन् ।
शुक्रबार आफ्नो फेसबुक प्रोफाइलमार्फत जुकरवर्गले नेपाललाई व्यक्तिगत रुपमा २ मिलियन डलर (करिब २० करोड) सहयोग गर्ने घोषणा गरेका छन् ।
फेसबुकले नेपालका भूकम्प प्रभावितलाई लक्षित गरी सुरु गरेको सेवा ‘मार्क सफ’मा ७० लाख प्रयोगकर्ताले मार्क सेफ गरेको बताएको छ । यस्ता अपडेट एक अर्ब ५० करोड प्रयोगकर्तालाई सूचित गरिएको बताइएको छ ।