अमिर खानले भने–नेपालको भूकम्पले 'मेरो मुटु टुट्यो’
फोटो :एजेन्सी
भूकम्प पीडित बालबालिकालार्इ सहयोग गर्न आग्रह
काठमाडौं : बलिउडका चर्चित अभिनेता अमिर खानले नेपालमा भूकम्पले क्षति पु¥याएको सुनेर आफ्नो ‘मुटु टुटेको’ प्रतिक्रिया दिएका छन् ।
सामाजिक अभियन्ता समेत रहेका खानले आइतबार ट्वीट गर्दै नेपालमा भूकम्पबाट हजारौंले ज्यान गुमाएको थाहा पाउँदा आफू स्तब्ध भएको बताएका हुन् ।
आफूले केही समयअघि नेपालको भ्रमण गरेको स्मरण गर्दै अमिरले भूकम्प पीडितलाई तत्काल सहयोगको हात बढाउन आग्रह गरेका छन् ।
उनले भूकम्प पीडित बालबालिकाहरुलार्इ युनिसेफ मार्फत सहयोग प्रदान गर्न अपिल गरेका हु्न् ।
मैले केही समयपहिले नेपालको भ्रमण गरेको थिएँ’, अमिरले भनेका छन्, ‘भूकम्प पीडित बालबालिकालाई सहयोगको हात अघि बढाउनुस् ।’उनको आग्रपछि उनका फ्यान र प्रशंसक नेपालका भूकम्प पीडित बालबालिकालार्इ सहयोग जुटाउन अग्रसर भएका छन् ।