महाभूकम्पबाट ज्यान गुमाउनेको संख्या सात हजार ६ सय ७५ पुग्यो
काठमाडौँ,२३ वैशाख - भूकम्पमा परी बुधबार अपराह्न ३ बजेसम्ममा ज्यान गुमाएकाको सङ्ख्या सात हजार ६७५ पुगेको छ भने १४ हजार ४७७ जना घाइते भएका छन्।
काठमाडौँ उपत्यकामा एक हजार ६९१, पूर्वाञ्चल विकास क्षेत्रमा ५३, मध्यमाञ्चलमा पाँच हजार ५०८, पश्चिमाञ्चलमा ४२१ र मध्यपश्चिमाञ्चलमा दुई जनाको मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। त्यसैगरी काठमाडौँ उपत्यकामा सात हजार ६३९, पूर्वाञ्चलमा ३१९, मध्यमाञ्चलमा पाँच हजार ३१६, पश्चिमाञ्चलमा एक हजार १७९, मध्यपश्चिमाञ्चलमा २२ जना र सुदूर पश्चिमाञ्चलमा दुई जना घाइते भएका छन्। भूकम्पमा नेपाल प्रहरीका पाँच,नेपाली सेनाका नौ, सशस्त्र प्रहरीका एक, एघार जना निजामती कर्मचारी र ६६ जना विदेशी पर्यटकको मृत्यु भएको छ। हालसम्म राजधानीमा एक हजार ६६४, पूर्वाञ्चलमा ५१, मध्यमाञ्चलमा पाँच हजार ४८४, पश्चिमाञ्चलमा ३८२ र मध्यपश्चिमाञ्चलमा दुईको गरी जम्मा सात हजार ५८३ शव मृतकका आफन्तलाई बुझाइएको छ। भूकम्पबाट छ सय दुई वटा प्रहरी कार्यालय , एक हजार ६१० सरकारी कार्यालय , दुई हजार ४९४ शैक्षिक संस्था, एक सय वटा स्वास्थ्य कार्यालयमा क्षति भएको छ। रासस | |

