भूकम्पका धक्का क्रमश कम हुदै, आज ४ रेक्टरमाथिको एक मात्रै धक्का

काठमाडौ, वैशाख २३ - भूकम्प गएको १२ दिनपछि आज अहिलेसम्म ४ रेक्टर स्केल भन्दा माथीको एक वटा मात्रै भूकम्प गएको राष्ट्रिय भुकम्प मापन केन्द्रले जनाएको छ । 
आजका दिनसम्म गत साता गएको ठुलो भूकम्पपछि त्यसपछि जाने पराकम्पनहरु क्रमश घट््दै पनि गएका छन् । 


केन्द्रका प्रमुख लोकविजय अधिकारीका अनुसार आज साझ ६ बजेर २ मिनेट जादा गोरखालाई केन्द्र बिन्दु बनाई ४.२ रेक्टर स्केलको एकमात्रै भूकम्प गएको हो । आज साना धक्का हरु तीनदेखि चारओटासम्म गएपनि ठूलो भनै एकओटा मात्र गएको थियो । 
हिजो ४ रेक्टर स्केलभन्दा माथीको ३ वटा पराकम्पन गएका थिए भने अस्ति ९ वटा गएका थिए ।