नेपाली तिम्ल्याहा दाजुभाइ डाक्टरले भने, ‘हामीले एउटै केटी मन पराउँथ्यौं’ (भिडियो सहित )

विरामीको उपचारसँगै उनीहरुलाई राम्रो व्यवहार गर्नुपर्ने सिद्धान्त लिएका डा. देवकोटा दाजुभाइहरु विद्यार्थी जीवन देखि नै अध्ययनमा अब्बल रहेका उनीहरुका बुवा शिव देवाकोटाले जानकारी दिए । उनका अनुसार विद्यालय जीवनमा उनीहरु क्रमशः प्रथम, द्वितिय र तृतीय श्रेणी उतीर्ण हुने गर्थे । प्रवेशी परीक्षामा पनि विशिष्ट श्रेणीमा उतीर्ण भएका उनीहरु आइएस्सीमा पनि प्रथम श्रेणीमा नै उतीर्ण भएका थिए । एकै चोटी एमबिबिएसमा भर्ना भएका तिम्ल्याहा देवकोटा दाजुभाइले यसै वर्ष एकैचोटी एमबिबिएस पनि उतीर्ण गरेका हुन् ।
पत्रकारहरुको प्रश्न उनीहरुले आफूहरुले कुनै बेला एउटै केटी मन पराएको भएपनि अहिले भने यस्तो अवस्था नरहेका बताए । ‘किशोर अवस्थामा हामीहरुसँग केटीहरु झुक्किन्थे’, एक भाइले भने, ‘अहिले बिरामी र सिनियर चिकित्सक नै झुकिन्छन् ।’ एबिबिएस सकेर अहिले इन्र्टसिप गरिरहेका उनीहरुले बिरामीहरु झुक्किने गरेका बताएका हुन् । कसैको दबाब र रहरले नभएर हामीहरुको एकै सोच र इच्छाका कारण यसक्षेत्रमा आएको उनीहरुको भनाइ छ ।
पत्रकार सम्मेलनमा उनीहरुका बुबा शिवप्रसादले छोराहरुलाई विदेश पठाउने सोच नभएको बताए । ‘नेपालमै बसेर देशको सेवा गरून् भन्ने मेरो चाहाना हो’, उनले भने, छोराहरुको पनि यही सोच रहेको छ ।’ एकै पटक जन्मेर एकै पटकमा विद्यालय जीवनसँगै एमबिबिएस सकेका उनीहरुले विश्वमा नौलो र नयाँ रेकर्ड राखेको भन्दै शिव प्रसादले यसलाई गिनिज बुक अफ वल्र्ड रेकर्डमा छोराहरुको नाम लेखाउने विचार रहेको बताए ।
यस्तै पत्रका सम्मेलनमा उनीहरुका आमा शकुन्तलाले करिब ८ मिनेटको अन्तरमा जन्मिएका तिम्ल्याहा छोरा हुर्काउँदाको दुःख उनीहरुमा उब्जिएको सेवाको भावनासँगै बिर्सिएको बताइन् । ‘छोराहरुले राम्रोसँग पढे, अहिले एमबिबिएस उतीर्ण पनि गरे’, उनले भनिन्, ‘देश सेवाको कुरा गर्दा गौरव लागेको छ, यसैले सबै दुःख बिर्साएको छ ।
DR TEAM 2मिडिया एनपी, काठमाडौं, ३ असार । हालै एमबिबिएस सकेका नेपाली तिम्ल्याहा दाजुभाइले कर्णाली अञ्चलमा गएर विरामीको सेवा गर्ने बताएका छन् । काठमाडौंमा बिहीबार पत्रकार सम्मेलन गरेर उनीहरुले आफूहरु कमाउन भन्दा पनि सेवा गर्ने भावनाले यस क्षेत्रमा आएकाले चिकित्सकको अभाव देखिएको कर्णाली क्षेत्रमा गएर विरामीको सेवा गर्ने बताएका हुन् ।
चितवनको भरतपुर नगरपालिका ८ पारसनगरमा २०४८ सालमा ८ मिनेटको अन्तरालमा जन्मिएका डा. सौगात देवाकोटा, डा.सौजन देवकोटा र डा.सौरज देवाकोटाले आफूहरुले चिकित्सा विज्ञान पढेको लगानी एमबिबिएस गरेसँगै उठेकाले अब विरामीको सेवा गर्ने बताएका हुन् । नेपालमै बसेर सेवा गर्ने बताएका उनीहरुले विदेश जान सोच पनि नरहेको स्पष्ट पारे । 
तिम्ल्याहा सहित चार छोराका साथमा देवकोटा दम्पत्ति
तिम्ल्याहा सहित चार छोराका साथमा देवकोटा दम्पत्ति
बाबु शिव प्रसाद देवाकोटा र आमा शाकुन्तला देवकोटा सहित उपस्थित पत्रकार सम्मेलनमा उनीहरुले बाबुआमाको चाहाना पनि स्वदेशमै बसेर सेवा गरोस् भन्ने रहेको र हामीहरुको पनि सोही सोच रहेको बताए । तत्कालिन प्रधानमन्त्री माधवकुमार नेपालले चिकित्सकको अभावकले रक्तश्रावका कारण ज्यान गुमाउन लागेकी महिलालाई जाजरकोटबाट हेलिकप्टरमा उद्धार गरी काठमाडौं ल्याएको घट्नाले आफूहरुलाई चिकित्सा क्षेत्रमा आउने प्रेरणा प्राप्त भएको उनीहरुको भनाइ छ ।