ट्रकको ठक्करबाट दुई स्कुलेको मृत्यु

फोटो :फाइल फोटो
नवलरासी : स्कुल जाँदै गरेका दुई बालबालिकाकोे ट्रकको ठक्करबाट बुधबार बिहान मृत्यु भएको छ ।

मृत्यु हुनेमा ९ वर्षका  तेन्जिङ गाहा र १२ वर्षकी सुस्मिता परियार छन् । गैंडाकोट नगरपालिका–२ घर भएका उनीहरु दुवै कक्षा ४ मा अध्ययनरत थिए । मृत्यु हुने गैंडाकोट नगरपालिकामा रहेको महेन्द्र स्मारक माविका विद्यार्थीहरु छन् । दुर्घटनामा अन्य चार जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय नवलपरासीका अनुसार गंैडाकोटको भित्री सडकमा पर्ने न्याय राजमार्गतर्फ जाँदै गरेको बा १ ख ७७८५ नम्बरको मिनिट्रकले उनीहरुलाई ठक्कर दिएको थियो ।

पैदल स्कुल जाँदै गरेको अवस्थामा ट्रकले उनीहरुलाई ठक्कर दिएको थियो । दुर्घटना गराउने सवारी र चालकलाई गैंडाकोट इलाका प्रहरी कार्यालयले नियन्त्रणमा लिएको छ । घाइते अन्य विद्यार्थीको अवस्था सामान्य छ ।