मध्यरातमा यौनइच्छा जागेर आउछ !

मध्यरातमा यौनइच्छा जागेर आउछ !


 काठमाडौं ३ असार – ४२ वर्षीय पुरुष हुँ । मेरी श्रीमती मभन्दा ९ वर्षले कान्छी छिन् । हाम्रा दुईजना छोराछोरी छन् । मलाई दैनिक यौनइच्छा हुन्छ र म प्रायस् सुतिसकेपछि मध्यरातमा ब्युँझन्छु । मलाई त्यसपछि नै यौन इच्छा हुन थाल्छ । यौन क्रियाकलापका लागि श्रीमतीसँग आग्रह गर्दा उनी रिसाउँछिन् र जबरजस्ती गरेको आरोप लगाउँछिन् । मलाई त्यो समयमा निकै रिस उठ्छ र झगडा पनि गर्छु तर उनी मान्दिनन् । हिजोआज ममा चिडचिडेपन पनि देखिन थालेको छ । हामीबीचको यो समस्या कसरी सुल्झाउन सकिन्छ रु यो कस्तो समस्या हो रु सल्लाहस् यो प्रश्न पढ्दा तपाईंंमा अहिले कुनै चिन्ता छ कि भन्ने बुझिन्छ । चिन्ताको विषयमा श्रीमतीसँग कुरा नभएको हुनसक्छ वा तपाईंंलाई यस्तो समस्या चिन्ताले पनि हुन्छ भन्ने कुरा थाहा नभएको हुनसक्छ । यो समस्याका बारेमा खुलेर चर्चा गर्न तपाईंको निन्द्रा सधैं मध्यरातमा खुल्ने हो कि कहिलेकाहीं मात्र खुल्ने हो, प्रस्ट हुनु आवश्यक छ ।
यदि सधैंजसो मध्यरातमा निन्द्रा खुल्ने हो भने उदासीपनको लक्षण बुझिन्छ र यसको उपचारका लागि मनोचिकित्सक वा मनोविद्कहाँ तुरुन्तै जानु आवश्यक हुन्छ । यदि कहिलेकाहीं मात्र निन्द्रा खुल्ने हो भने आफ्नी श्रीमतीसँग खुलेर कुरा गर्न र उहाँलाई पहिले नै जानकारी गराउनु आवश्यक छ । मध्यरातमा निन्द्रा खुल्ने समस्या उच्च रक्तचापको वा अन्य कुनै औषधी सेवन, सुत्ने कोठाको वातावरण, राति खाएको खाना आदिका कारणले पनि हुन सक्छ ।
कहिलेकाहीँ यौनका सम्बन्धमा वा भनौं दुवैको शरीरलाई राम्रोसँग बुझ्न नसकिएको अवस्थामा ठूलो समस्या हुन्छ । तपाईं मध्यरातमा ब्युँझिनुहुन्छ र आफ्नो चाहना पूरा गर्नेतर्फ लाग्नुहुन्छ भने तपाईंले श्रीमतीको यौनचाहनालाई सम्मान नगरेको बुझिन्छ । हरेक व्यक्तिको यौनइच्छा फरक–फरक हुन्छ, कुनै दुई व्यक्ति जब दाम्पत्य जीवनमा प्रवेश गर्छन् तब उनीहरूले एक–अर्काको यौनइच्छाको फरकपनलाई कसरी एकै खालको बनाउँछन्, त्योचाहिँ महत्वपूर्ण कुरा हो ।
राति हुने यौनसम्पर्कलाई ठूलो समस्या वा स्वस्थ नभएको भनेर बुझ्नु उचित हँुदैन । हुन सक्छ, श्रीमतीसँग आफ्नो यौन इच्छाका बारेमा खुलेर प्रस्टसँग भन्न नसक्दा तपाईंकी श्रीमतीले तपाईंको यौन इच्छाका बारेमा नबुझेको हुनसक्छ । तपाईंको प्रश्न पढ्दा यौन प्रवृत्तिमा कुनै खराबी वा भनौं डेभिएसन आएजस्तो लाग्दैन । हाम्रो समाजमा धेरै मानिस दम्पतीबीचको सम्बन्धमा पनि सामाजिक व्यवहार, सामाजिक प्रतिष्ठा, आर्थिक हैसियत आदिलाई ध्यान दिन्छन् तर प्रेमपूर्ण संवाद, एक–अर्काप्रति व्यक्त गरिने आदर, सम्मान तथा यौनसम्बन्धलाई त्यति महत्व दिएको पाइँदैन । एक–अर्कालाई राम्रोसँग बुझ्ने प्रयास नगर्दा पारिवारिक असन्तुष्टि र कलह हुन्छ ।
त्यसले यौन सम्बन्धमा पनि प्रत्यक्ष असर गर्छ । तपाईंको समस्याको वास्तविकतामा पुग्नुअघि यस्ता धेरै विषय केलाउनुपर्ने हुन्छ । तपाईंहरूबीच कुनै चिन्ता, मतभेद वा झगडा छ कि त्यो पनि प्रस्ट हुनु आवश्यक हुन्छ । प्रश्न पढ्दा तपाईंहरूबीच एक–अर्काप्रतिको सम्मान गर्ने स्वभावमा कमी आएको पनि बुझिन्छ । दुई जनाबीच यौन चाहनालाई लिएर भावना साटासाट वा भावना सञ्चार गर्नुपर्ने हुन्छ । एक/अर्कालाई दोष लगाउँदा दैनिक जीवनमा विभिन्न समस्या सिर्जना हुन सक्छ र सम्बन्ध अझ जटिल बन्दै जान्छ ।
यदि तपाईंले इच्छा राख्ने समय श्रीमतीका लागि उपयोगी छैन भने त्यसलाई सम्मान गर्नु आवश्यक हुन्छ । दम्पतीबीच गुणस्तरीय संवाद गर्ने सीपको विकास भएन भने दैनिक जीवनमै असर देखिन थाल्छ । तपाईंमा देखिएको चिडचिडाहट र रिस पछि गएर अझ बढी हुन सक्छ र यसले तपाईंको परिवार र काममा अप्ठ्यारो सिर्जना गर्न सक्छ । कुनै पनि कुरा गुणस्तरीय संवादबाट सुल्झन सक्छ, त्यसैले चरम रमाइलोपन र उच्चस्तरको सन्तुष्टि प्राप्त गर्ने हो भने दुई जनाबीचको संवादपश्चात् विशेषज्ञको सहयोगसमेत लिन सकिन्छ । यदि श्रीमतीले तपाईंलाई माया गर्नुहुन्छ भने उहाँले यो समस्या पनि बुझ्नु हुनेछ । एजेन्सी