फेरि गयो भूकम्प- सिन्धुपाल्चोकमा दुई जनाको मृत्यु >>

फोटो :फाइल फोटो
काठमाडौं: सिन्धुपाल्चोक केन्द्रविन्दु भएर बुधबार भूकम्पको धक्का गएको छ। दिउसो २:५९ बजे ४ म्याग्निच्यूड क्षमताको धक्का गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको  छ। 
 
दुई दिन सोमबार दोलखा केन्द्रविन्दु भएर ४ म्याग्निच्यूड क्षमताको धक्का महसुस भएको थियो।

भूकम्प गएको दुई महिना पुग्नै लाग्दा भूकम्पको धक्का क्रमश: कम हुदै गएका छन्। दुई महिनामा चार  म्याग्निच्यूड र त्यो भन्दा माथिका झन्डै डेढ सय परकम्प गएका छन्।