सिन्धुपाल्चोकलार्इ केन्द्रबिन्दु बनाएर भूकम्पको धक्का

earthquake2
फोटो :फाइल फोटो
२ असार, काठमाडौं । सिन्धुपाल्चोकलाई केन्द्र विन्दु बनाएर ५.१ म्याग्निच्यूटको पराकम्पन गएको छ । बिहान ८ बजे सिन्धुपाल्चोक र तिब्बतीबीचको भूभागलाई केन्द्र बनाएर ५.१ को पराकम्पन गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
बुधबार मात्रै चार पटक भूकम्पका पराकम्पन गएका छन् ।  त्यसमध्ये तीन पटक सिन्धुपाल्चोकलाई केन्द्र विन्दु बनाएर कम्पन भएको केन्द्रले जनाएको छ । बिहान ५ बजेर ५८ मीनेट जाँदा काठमाडौंको कीर्तिपुरलाई केन्द्र विन्दु बनाएर ४.४ म्याग्निच्यूटको पराकम्पन गएको छ । त्यस्तै ६ बजेर १४ मीनेट जाँदा सिन्धुपाल्चोकलाई केन्द्र बनाएर ५.२ म्याग्निच्यूटको तथा सिन्धुपाल्चोकलाई नै केन्द्र बनाएर ६ बजेर २६ मीनेटमा ४ म्याग्निच्यूको पराकम्पन गएको केन्द्रले जनाएको छ ।
यसअघि मंगलबार राति नौ बजेर ५६ मीनेटमा दोलखालाई केन्द्र विन्दु बनाएर ४.१ म्याग्निच्यूटको पराकम्पन गएको थियो ।
गत वैशाख १२ गते गएको भूकम्पपछि त्यसका पराकम्पन आउनेक्रम जारी छ ।