नेपाली चेलीको इज्जत लुटी हत्या गर्ने आठ भारतीय पक्राउ

एजेन्सी : हरियाणामा एक नेपाली युवालार्इ सामूहिक बलात्कार गरी हत्या गरेको अभियोगमा भारतीय प्रहरी ८ जना भारतीय युवालार्इ पक्राउ गरेको छ । ती नेपाली युवतीको बलात्तकार गरेको अभियोमा भारतीय प्रहरीले हरियाणाको रोहतकबाट घटनाको ११ दिनपछि बिहीबार आठ आरोपितलार्इ प्रकाउ गरेको हो ।
नेपाली युवती बलात्कारमा संलग्नहरु
नेपाली युवती बलात्कारमा संलग्नहरु
पक्राउ परेका आठैजनालार्इ प्रहरीले सार्वजनिक गरेर उनीहरुलार्इ घटनास्थलमा लगी थप सबुत प्रमाण जुटाउने काम थालेको छ । युवती बलात्कारमा संलग्न ९ मध्ये एक युवकले भने आत्महत्या गरिसकेका छन् । आठैजनालार्इ प्रहरीले अदालतबाट म्याद थपेर हिरासतमा राखी घटनाको जाँचबुझ गरिरहेको छ ।
युवतीको हत्या गरेको स्थानमा प्रमाण जुटाइँदै
युवतीको हत्या गरेको स्थानमा प्रमाण जुटाइँदै
मानसिक समस्या भएकी युवतीलार्इ बलात्कार गरेको घटना सञ्चारमाध्यममा सार्वजनिक भएपछि डराएका ती युवाहरुले आत्महत्या गर्ने योजना समेत बनाएको अनुसन्धानबाट खुलेको छ ।
यसरी भयो घटना :
पक्राउ अभियुक्तहरुले पुलिसलार्इ दिएको बयान अनुसार नेपाली युवतीलार्इ १ फेब्रुअरीको साँझ ५ बजेको समयमा ५ जना युवाले गद्दी गाउँको खेडी मोडस्थित एक भट्टी पसलमा रक्सी पिइरहेका थिए ।
घटनास्थलमा प्रमाण जुटाउँदै चिकित्सक र प्रहरी
घटनास्थलमा प्रमाण जुटाउँदै चिकित्सक र प्रहरी
त्यहीबेला उनीहरुले हिसार रोडमा पैदल हिँडिरहेकी नेपाली युवतीलार्इ देखेका थिए । रक्सी पिइरहेका पाँच जना भारतीय शिलु, सुनिल माडा, पवन र पदम सँगै रहेका नेपाली युवा सन्तोषलार्इ त्यहीँ छाडेर युवतीतर्फ बढेका थिए ।रक्सीले मातेका उनीहरुले पहिले गाउँको मोडबाट कोठडेमा लगेका थिए ।
त्यसपछि उनीहरुले फोन गरेर मनबीर, सोमबीर, सरबर र घुचडुलार्इ समेत बोलाएका थिए । सबैजना भेला भएपछि उनीहरुले पुन रक्सी पिएका थिए । त्यसपछि ती युवतीलार्इ डेढ किलोमिटर परको सुनसान कोठमा लगेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
नेपाली युवती बलात्कृत भएको घर
नेपाली युवती बलात्कृत भएको घर
युवतीको इज्जत रातभर लुटेपछि उनीहरुले मध्यराति युवतीलार्इ सडकमा फ्याक्न जान खोजेपनि पोल खुल्ने डरले उनीहरुले हत्याको योजना बनाएको भारतीय प्रहरीको अनुसन्धानबाट खुलेको छ ।
उनीहरुले युवतीको इज्जत लुटेपछि युवतीलार्इ मार्ने योजना बनाएर नहरमा फ्याक्न लिएर गएका थिए । उनीहरुले युवतीलार्इ ढलमा हालेपछि पहिले इँटाले टाउकोमा हानेर युवतीलार्इ घाइते बनाए । त्यसपछि युवतीको शरिरमा ढुंगाले हानेका खुलेको छ । इँटाले लागेर ज्यान गुमाइसकेकी युवतीमाथि उनीहरुले ढुंगाले समेत किच्याएका थिए ।
भारतीय प्रहरीले घटनास्थलमा फोरेन्सिक प्रमाण जुटाउन स्पेशल टिम नै गठन गरेको छ । बिहीबार प्रहरीले पाँच घण्टासम्म आरोपीलार्इ घटनास्थलमा राखेर प्रमाण जुटाउने काम गरेको छ ।
प्रमाण जुटाइँदै
प्रमाण जुटाइँदै
एफएसएलका क्षेत्रीय सहायक निर्देशक डा. रविन्द्र र पाल डा. सरोज दहियाले पुलिसको सहयोगमा आरोपीसँग सम्बन्धित प्रमाण घटनास्थलबाट बटुलेको थियो ।
अनुसन्धानका क्रमा युवतीको शिरमा हानिकए इँटा, सिमेन्टको बोरा टुक्रा, कपडा जलाएपछिको खरानी र कम्बल फेला पारेको छ। युवतीको पोस्टमार्टममा संलग्न चिकित्सकले उनको यौनाङ्गको भित्रीभागमा समेत १६ सेमिको ढुंगा फेला पारेको जनाएका छन् ।
बलात्कारमा संलग्न भारती युवाहरु
बलात्कारमा संलग्न भारती युवाहरु
पोस्टमार्टमका क्रममा उनको यौनाङ्गमा सिमेन्टको बोराको टुक्रो, ब्लेड, र फलामको काँटी र कण्डमसमेत घुसाएको भेटिएको छ ।
बलात्कारमा संलग्नहरु पक्राउ परेपछि
बलात्कारमा संलग्नहरु पक्राउ परेपछि