धरान मा हुने बुढासुब्बा गोल्डकप सर्‍यो, मध्य फागुनबाट सुरु हुने

५ फागुन, धरान । फागुन पहिलो साताबाट सुरु हुने भनिएको १७ औं बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिता डेढ साता पछि सरेको छ ।

आयोजक धरान फुटबल क्लबले मंगलबार पत्रकार सम्मेलन गर्दै विराटनगरमा विराट गोल्डकप सञ्चालन भइरहेको र ए डिभिजन टिमका खेलाडीहरु बन्द प्रशिक्षणमा रहेकाले प्रतियोगिता सरेको जानकारी दिएको हो । क्लबका अध्यक्ष किशोर राईका अनुसार प्रतियोगिता फागुन १६ देखि २३ सम्म हुनेछ ।
प्रतियोगितामा मनाङ मस्र्याङ्दी, त्रिभुवन आर्मी र एपिएफसहित कास्की, रुपन्देही, झापा, धरान र भारतका टिम सहभागी हुनेछन् ।
साविकको विजेता अपि|mकन युनाईटेड सहभागी नहुने भएको छ । अघिल्लो बर्षको विजेता हङकङ नेपाली महासंघ आयोजकप्रति असन्तुष्टि जनाउदै सहभागी भएन ।
हरेक बर्ष राम्रा टिम नआउने क्रम बढ्दै जाँदा बुढासुब्बा गोल्डकप खल्लो हुन थालेको स्थानीयको गुनासो छ ।
गोल्डकपको विजेतालाई ३ लाख ५० हजार, उपविजेतालाई १ लाख ७५ हजार, उत्कृष्ट खेलाडीलाई यामाहा मोटरसाईकल प्रदान गरिनेछ ।
उच्च गोलकर्तालाई २१ हजार नगद, उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्स, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट स्ट्राईकर र उत्कृष्ट कोचलाई लाई दश-दश हजार तथा प्रत्येक दिनको म्यान अफ दि म्याचलाई ५ हजार गरी पुरस्कारमा ८ लाख २६ हजार खर्च हुने आयोजकले जनाएको छ ।
गतबर्षको हिसाब सार्वजनिक भएन
बुढासुब्बा गोल्डकपको १६ औं संस्करणको आयव्यस एक बर्ष वित्दापनि आयोजकले सार्वजनिक गरेको छैन ।
पहिलेका बर्षपनि आयव्यय सार्वजनिक नगर्दा आलोचित हुने गरेको क्लबले यसपटकपनि हिसाब मिलाउन समय नभएको भनेर पुरानै रेडिमेड जवाफ दिएको छ ।
धरान फुटबल क्लबका अध्यक्ष किशोर राईले १२ औं र १३ औं गोल्डकपको कागजात मिलाउन समय लागेकाले गत बर्षको हिसाब सार्वजनिक गर्न नसकेको बताए । त्यसो त गोल्डकपको आयोजकले धरानका विभिन्न होटल र अन्य ठाउँको पैसापनि लामो समयदेखि तिर्न सकेको छैन ।