News
»
सुत्केरी श्रीमतीको पेट भर्न नसकेपछि युवाले गरे आत्महत्या
सुत्केरी श्रीमतीको पेट भर्न नसकेपछि युवाले गरे आत्महत्या
सुर्खेत, ४ माघ– परिवार पाल्नै समस्या भएपछि एक बाढी पीडितले सोमबार आत्महत्या गरेका छन् । मृत्यु हुनेमा गिरीघाट शिविरमा बस्दै आएका २२ वर्षीय जिवन गन्द्रमा रहेको प्रहरीले जनाएको छ । गएको वर्षातमा आएको बाढीले उनको हरीहरपुर–५ स्थित घर बगाएको थियो । उनी वृद्ध आमाबाबु, छ महिनाकी सुत्केरी श्रीमती
र छोरासँगै शिविरमा बस्दै आएका थिए । बिहान बेलुकाको छाक टार्न समस्या भएपछि जिवनले आत्महत्या गरेको स्थानीयले बताएका छन् । जिवनले आफ्नो घर बाढीले बगाएको स्थान हरिहरपुरको एउटा रुखमा झुण्डिएर आइतबार राति आत्महत्या गरेका थिए । बिहानै शव देखेपछि स्थानीयले प्रहरीमा खबर गरेका थिए । जिल्लाका बाढी विस्थापित दुई हजारमध्ये करिब एक हजार सर्वसाधारण अझै शिविरमा बस्दै आएका छन् । सरकारले आफूहरुको राहत र पुनस्र्थापनाबारे ठोस पहल नगरेको गुनासो उनीहरुको छ ।