लौ हेर्नुस् शिवरात्रिका लागि पशुपतिमा भारतीय जोगीको लीला

काठमाण्डु– शिवरात्रिका लागि भारतबाट ठूलो संख्यामा जोगीहरु काठमाण्डु आएका छन् । शिवरात्रिको एक

साता अघिदेखि नै भारतीय जोगीको पुशपति क्षेत्रमा भिड लागेको छ । हरेक वर्ष भारतीय जोगीहरु शिवरात्रि मनाउन नेपाल आउने गरेका छन् । अधिकांश जोगी शरीरमा खरानी धसेका र गाँजा खाइरहेका भेटिन्छन् । जोगीहरु गाँजालाई शिवजीको ‘बुटी’ भन्छन् । पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव गोविन्द टण्डनले महाशिवरात्रिका लागि करिब ५ हजार भारतीय साधुसन्त नेपाल आएको बताए । यसैबीच पशुपति क्षेत्र विकास कोषले महाशिवरात्रि मेलाको सम्पूर्ण तयारी पुरा भएको जनाएको छ । टण्डनले अघिल्लो वर्षको तुलनामा यो वर्ष श्रद्धालु भक्तजनका लागि पशुपतिनाथको दर्शन र पूजाआजाका लागि सहज व्यवस्थापन गरिएको बताए ।