भ्यालेन्टाइन डेको दिन ३५ लाख कण्डम वितरण

थाइल्यान्ड, ३ फागुन– धेरैजसो थाई युवाहरुका लागि भ्यालेन्टाइन सेक्सको पहिलो अनुभव लिने मौकाको दिन हुन्छ । तर यसपटक उसले मन्दिर जानका लागि अनुरोध गरिरहेको छ । यसका साथै थाइल्यान्डको राजधानी

बैंककमा स्वास्थ्यकर्मीले अस्पताल र क्लिनकमा निशुल्क कण्डम बाँडिरहेको थियो । भ्यालेनटाइन डे यस साल ३५ लाख कण्डम बाडिएको थियो । जसको कूल लागत डेढलाख डलर रहेको छ । थाइल्यान्डमा सबैभन्दा बढी किशोर उमेरमै गर्भवती हुने मुलुक हो । पश्चिमबाट आएको भ्यालेन्टाइन थाइल्यान्डमा निकै लोकप्रिय हुँदै गएको छ । स्कुलका छात्रछात्राले आफ्नो सर्टमा दिलको चित्र भएको स्टिकर टासेर यो दिवस मनाउछन् । स्वास्थ्य मन्त्रालयका अनुसार प्रत्येक वर्ष प्रतिहजार किशोरीमा ५४ किशोरी १५ देखि १९ वर्षको उमेरमा आमा बन्ने गरेको पाइन्छ । थाइल्यान्ड सेक्सका लागि प्रख्यात देशमात्र नभएर एक परम्परावादी चिन्तन भएको देश पनि हो । सन् २०१४ मा बैंककमा १ हजार ८ सय २४ एचआइभी संक्रमित मध्ये आधाभन्दा बढी अर्थात ५५ दसमलब ४ प्रतिशत किशोरी २५ वर्षभन्दा कम उमेरका रहेका थिए ।