मलेसियाको अस्पतालवाटै नेपाली चेलीले गरिन् सहयोगको अपील

रामचन्द्र नेपाल
मलेसिया । रोजगारीको लागि मलेसिया आएकी एक नेपाली चेलीले अस्पतालवाटै सहयोगको अपील गरेकी छिन । धनकुटाको सुन्दाई गाविस- ६ धनकुटा घर भएकी संगीता तामाङले आफूलाई सहयोग गरिदिन अपिल गरेकी हुन्।
रोजगारीको लागि १८ महिना अगाडि पेनाङको जेसिवाई कम्पनीमा आएकी संगीता तीन महिनादेखि विरामी परेकी थिईन । कम्पनीलाई वारम्वार भन्दा पनि त्यति चासो नदेखाएको सोही कम्पनीमा कार्यरत नेपालीहरुले जानकारी गराए ।
साथीहरुको पहलमा एक हप्ता अगाडिदेखि संगीताको पेनाङ अस्पताल विएममा उपचार भैरहेको छ । साथीहरुले १७ सय रिंगेट जम्मा गरेर कम्पनीलाई उपचार गराउनको लागि पैसा वुझाएको समेत उनीहरुले वताए ।
पेनाङमा रहेका स्थानीय ब्यापारी गणेश श्रेष्ठको पहलमा संगीताको उपचारको लागि सहयोग रकम संकलन गर्ने काम भैरहेको छ । हाल सम्म दुई हजार रिगेट जम्मा भैसकेको श्रेष्ठले अनलाईन खवरलाई जानकारी गराए ।
sangeeta malaseaप्रवासी तामाङ एकता समाज मलेसियाका उपाध्यक्ष शेरवहादुर तामाङ पनि संगीताको उपचारको लागि सहयोग रकम संकलन गर्ने काम भइरहेको वताउँछन । हाल उनको स्वास्थमा केही सुधार आएको छ । अस्पतालको उपचारपछि नेपाल फर्काउने पहलभइरहेको वुझिएको छ ।