ताप्लेजुङ सदरमुकाममा भिषण आगलागी
९ चैत, काठमाडौं । ताप्लेजुङको सदरमुकाम फुङलिङमा भिषण आगलागी भएको छ । तोक्मे डाँडा नगरपालिकाको मुख्य बजारमा नै आगलागी भएको हो ।

स्थानीयबासी र सुरक्षाकर्मी आगो निधाउन जुटेका छन् । आगो थप फैलिन नदिने स्काभेटर प्रयोग गरेर केही घरहरु समेत भत्काइएको छ ।