सिन्धुपाल्चोकमा ‘सबैभन्दा बढी’ को मृत्यु ..मृत्यु हुने को संख्या अझै बढ्दो खोजि कार्य जारी
सिन्धुपाल्चोक, वैशाख १५ । शनिबार गएको महाभूकम्पबाट सबैभन्दा बढी क्षति भएको सिन्धुपाल्चोकमा अझै उद्धार र राहत पुग्न सकेको छैन । महाभूकम्पले सिन्धुपाल्चोकका प्रायः सबै घरमा क्षति पुर्याएको छ ।
भूकम्पमा परी सिन्धुपाल्चोकमा मात्र मंगलबार दिउँसोसम्म १ हजार ३ सयभन्दा बढीको मृत्य भएको बताइएको छ । यद्यपि, हालसम्म १ हजार १ सय ७६ जनाको शव भेटिएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद ज्...ञवालीले जानकारी दिएका छन् ।

विकट क्षेत्रमा धेरै घर छरिएर रहेको र गाउँकै अधिकांश स्थानीयको मृत्यु भएकाले उद्धारमा समेत कठीनाइ भएकोे छ । गाउँका ९५ प्रतिशत घर ध्वस्त भएका छन् । बाँकी घर पनि बस्न नहुने अवस्थामा रहेको खिचापोखरीका स्थानीय रामगोपाल श्रेष्ठले जानकारी दिए ।
सिन्धुपाल्चोकका सीमा क्षेत्रका गाउँहरु फुलपिडकट्टी, तातोपानी, लिस्ती, गाती, मार्मिन, घुमथाङको अवस्था भने अझै यकिन भएको छैन । भोताङ, बासखर्क, गुन्सा, इन्चोक, गोल्चे, गुम्बा, पाङताङलगायत गाउँको मानवीय क्षति अनुमान गर्न नसकेको जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।
उता, पश्चिमी भेगका गाउँहरुबाट भने सोमबारदेखि घाइतेहरुलाई नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरी काठमाडौं ल्याउनेक्रम सुरु भएको छ । भूकम्प गएयता जिल्लाभरीका हजारौं सर्वसाधारण खुल्ला आकाशमुनि बसिरहेका छन् ।
उता, महाभूकम्पपछि तातोपानी क्षेत्रमा लगातार पहिरो गइरहेको छ । खोल्साखाल्सी बढेपछि नदीमा पानीको सतह ह्वात्तै बढेको हो । लिस्ती, मार्निन, गाती, घुमथाङ, फुलपिङकट्टीलगायतका स्थानमा पहिरो गएकाले राजमार्ग क्षेत्र अवरुद्ध भएको छ ।