हामीले गर्ने ४ हेलचेक्राइँ, जसले मृत्युको मुखमा पूराउँछन्

aaaaहामीले दैनिक जनजिवनमा केही त्यस्ता आनीबानी अपनाएका हुन्छौँ जो हाम्रो स्वास्थ्यका लागि हानिकारक हुन्छन् । सामान्य लाग्ने ती आनीबानी तथा जिवनशैली घातक हुन्छन् भन्ने तथ्य हामीलाई थाहा नहुनसक्छ, तर त्यसले हामीलाई विस्तारै रोगी बनाइरहेको हुन्छ । स्वास्थ्यका लागि हानिकारक हाम्रा ४ आनीबानी र त्यसलाई हटाउने उपाय यस्ता छन्-
१. तपाइँको मोबाइल फोन र सिरानीको बीचमा- ८० प्रतिशत मानिसले रातको समयमा पनि आफ्नो मोबाइल फोनको स्विच अफ गरेका हुँदैनौँ । आधाजसोले त फोनलाई नै अलार्मको रुपमा प्रयोग गर्छौँ ।
तर विज्ञहरुका अनुसार टाउकोको नजिकै मोबाइल फोन रहनु हानिकारक हुन्छ । यसले निद्राको समय तथा गुणस्तरमा नाटकीय रुपमा प्रभाव पार्ने हुन्छ । निद्रा विज्ञहरुका अनुसार मोबाइल फोन नजिकै राखेर सुत्दा मानिसको मस्तिष्क बढि सक्रिय हुन्छ । कहिले फोन कल तथा म्यासेज आउँछ ? भन्ने विषयमा मस्तिष्कले पर्खिरहँदा निद्रा खल्बलिने तथा गहिरो निद्रा नपर्ने समस्या हुन्छ । मोबाइल फोनको स्त्रिmनबाट आउने निलो प्रकाशले हाम्रो आँखाको रेटिनालाई तत्कालै प्रभाव पार्छ जसले मस्तिष्कमा सन्देश प्रवाह गर्दछ जसका कारण निद्रा लगाउने हर्मोन मेलाटोनिनको उत्सर्जनमा कमी आउँछ फलतः मानिस जागा रहन बाध्य हुन्छ ।
समाधान- त्यसैले सिरानी मुनि मोबाइल फोन राखेर कहिल्यैपनि सुत्न नहुने विज्ञहरु बताउँछन् । मोबाइल फोनलाई टाउको भन्दा २० सेन्टिमिटर टाढा राख्दा पनि विकिरणमा ९८ प्रतिशतले घट्दछ । रातमा सुत्ने भन्दा केही समयअघिबाट मोबाइल लगायतका ग्याजेट नचलाउनुस् । अलार्मका लागि मोबाइल फोन नभै घडीकै प्रयोग गर्नुहोस् र राति सुत्ने बेलामा मोबाइल फोनलाई सकेसम्म अर्को कोठामै राख्नुहोस् ।
२. महिनावारीमा- उदासी अवस्था, तनावको अवस्था तथा रजस्वला रोकिने उमेर आइरहेको अवस्थामा आफ्नो महिनावारीमा हुने गडबडीलाई धेरै महिलाले नजरअन्दाज गरेका हुन्छन् ।
तर यौन तथा प्रजनन विज्ञहरुका अनुसार महिलाको उमेर जति पाको हुँदै गयो उनको महिनावारीमा हुने गडबडीको विषय उत्तिकै गम्भीर हुन्छ । किशोरावस्था तथा २० वर्ष आसपासको उमेरमा महिनावारीमा अनियमितता हुनु स्व्भाविकै हो । तर यदि ३०-४० वर्षका महिलामा महिनावारीमा अनियमितता देखिनु भनेको विभिन्न खाले रोग तथा संक्रमणको लक्षण हुनसक्छ । बीचबीचमा रगत देखिनु तथा महिनावारीको समयमा रगत बग्ने तौरतरिकामा पनि परिवर्तन हुनु महिलाको लागि खतरनाक सावित हुनसक्छ ।
महिनावारीमा हुने गडबडी, अनियमिततालाई धेरै महिलाले सामान्य मानेर नजरअन्दाज गर्छन् । यसले गम्भीर परिणाम ल्याउन सक्छ । तर विज्ञहरुका अनुसार युवती तथा वयस्क महिलाहरुमा बढिमा दुइपटक सम्म महिनावारीमा गडबडी भएमा तत्कालै स्वास्थ्य संस्थामा गई चेकजाँच गराउनुपर्छ । योनीबाट गन्हाउने तरल पदार्थ बग्ने, तथा यौन सम्पर्क पछि रगत बग्ने वा दुख्ने समस्या भएमा पनि संवेदनशील भएर तत्कालै जँचाउनुपर्छ । त्यसैले महिनावारीको विषयमा महिलाहरुले हेलचेक्राई गर्नु हुँदैन निकै संवेदनशील हुनुपर्छ ।
३. छाति र ढाडको बीचमा- विज्ञहरुका अनुसार जिवनशैली तथा खानपानमा भैरहेको परिवर्तनसँगै मानिसहरुमा ढाड दुख्ने समस्या निकै नै साझा समस्याको रुपमा सिर्जना भैरहेृको छ । ढाड दुख्ने समस्याको मुख्य कारक भनेको बस्दा कुपि्रने तथा कम्प्युटर, ल्यापटप चलाउँदा पछाडि सपोर्टको अभाव हुनु हो । गर्धन दुख्ने समस्या भएका हरेक १० जनामध्ये ७ जनामा अत्यधिक ग्याजेट चलाउने गरेकै कारण त्यस्तो समस्या उत्पन्न हुने गरेको पाइएको छ । लामो समयसम्म कुर्सीमै बसेर गर्नुपर्ने काम पनि ढाड दुखाइरहेको लागि समस्या हुन्छ ।
त्यसैले, बस्दाखेरी ढाडलाई सिधा तन्काएर बस्नुपर्छ, कुपि्रनु हुँदैन । कुर्सीमा बस्दा बस्ने भागभन्दा घुँडा केही ओरालो परेको हुनुपर्छ । अर्थात् घुँडा र कुर्सीको बस्ने भाग समानान्तर हुनु हुँदैन । त्यस्तै पैतला भुइँमा फिँजिएको हुनुपर्छ ।
आफ्नो नितम्ब कुर्सीको सबैभन्दा पछिल्लो भागमा लगेर बस्नुपर्छ, ता की ढाडले पूरै सपोर्ट पाओस् र घुँडाको भित्री भाग तथा कुर्सीको अघिल्लो भागबीच घर्षण हुन नपाओस् । ल्यापटप चलाउँदा काखमा राखेर होइन टेबुलमा राखेर चलाउनुहोस् । साथै ल्यापटपको स्त्रिmनलाई आँखाको लेभलसम्मै उठाउनुपर्छ, बढि होँचो हुनुहुँदैन ।
४. छालाको स्वास्थ्य- घाममा हिँडनुपर्दा धेरैले अनुहार तथा छालामा सनस्त्रिmन क्रिम लगाउन गर्छन् । धेरैको बानी भने केवल अनुहारमा मात्र क्रिम दल्ने तर सरीरका अरु भागमा नदल्ने हुन्छ । यसो गर्दा घाँटी, कान तथा काँधको भागमा घामले असर पूराउँछ ।
त्यस्तै छोटो लुगा लगाएर सयरमा जाने युवतीहरुको पाखुरा, खुट्टामा समेत विकिरणले असर पूराउँदा धेरै महिलामा मेलानोमा क्यान्सरको जोखिम बढ्ने विज्ञहरु बताउँछन् । त्यसैले घाममा निस्किनुपर्दा विकिरणबाट छालालाई बचाउन निकै सतर्कता अपनाउनुपर्छ ।
नांगो सबै भागमा मज्जाले सन स्त्रिmन क्रिम दल्ने, घाममा निस्किँदा छाता ओढ्ने तथा बढि चर्को घाममा नांगो छालालाई नदेखाउने गर्नुपर्छ ।-डेली मिररबाट भावानुवाद