कोरियामा मर्स भाइरसबाट पाँचको मृत्यु, नेपालीहरू पनि प्रभावित

South_Koreaमीनप्रकाश उप्रेती 
सउल । दक्षिण कोरियामा महामारीको रूपमा फैलिएको मर्स भाइरसबाट जनजीवन प्रभावित भएको छ । श्वासप्रश्वासबाट सर्ने यो भाइरसबाट हाल सम्म पाँच जानाको मृत्यु भएको र चार दर्जन बढीमा संक्रमण देखा परेको कोरियन सञ्चार माध्यामहरुले जनाएका छन् ।
यसैगरि तीन जनालाई उपचारपछि सामान्य बनाइएको छ । मिडल ईस्ट रेसपिरेटरी सिन्ड्रोम नामको उक्त भाइरसका कारण कोरियाका ५ सय बढी विद्यालयहरु बन्द गरिएका छन् भने रेल सेवा केही समयलाई स्थगित गरी किटनाशक आैषधि छर्कने काम गरिएको छ ।
कोरियन सरकारले उक्त रोग नियन्त्रणका लागि सम्पूर्ण सजगता अपनाइएको जनाएको छ । कोरियाको फेन्थेक सहरमा देखा परेको उक्त सरुवा रोग हाल राजधानी सउलमा पुगेको स्वास्थ्य विभागले जनाएको छ ।
श्वासप्रश्वासबाट सर्ने उक्त  रोग जो कोही बिरामीको सिधा सम्पर्कबाट सर्नसक्ने जनाईको छ  । रोगको लक्षण उच्च ज्वरो आउने, मांशपेशी दुख्ने र वाकवाकी लाग्ने, खोकी लाग्ने र  श्वास फेर्न गाह्रो हुने स्वास्थ्य विभागले सार्वजनिक सूचनामा जनाएको छ  ।
उक्त रोगबाट कोरियामा रहेका नेपालीहरू पनि प्रवाभित भएका छन् । हालसम्म कुनै नेपालीहरुमा यो रोगको संक्रमण देखा नपरेको कोरियास्थित नेपाली दूतावासले जनाएको छ । यसैगरि उक्त भाइरसबाट सुरक्षित हुन  नेपाली दूतावास कोरियाले सबै नेपालीहरुमा सूचना जारी गरेको छ ।