बर्ड मेलामा एउटा मोबाइल किन्दा अर्को मोबाइल फ्रि

काठमाडौं, फागुन ३–न्युरोडको पाकोस्थित पाको मोबाइल बजारमा रहेको एमसिएस मोबाइल ग्यालरीले १२ बर्ष पुरा गरेको अबसर पार्दै शुरु गरेको बर्ड मोबाइल मेलामा एउटा मोबाइल खरिद गर्ने ग्राहकलाई अर्को मोबाइल फ्रि दिने योजना ल्याएको छ । भ्यालेन्टाइन डेको दिन बर्ड मोबाइल मेलाको सभासद ध्यान गोबिन्द रंजित, मोबाइल ब्यबशायी संघका अध्यक्ष आबिस्कार लाल श्रेष्ठ, बर्ड मोबाइलका चेयरमेन सुरेन्द्र खनाल, बर्डमोबाइलका ब्राण्ड एम्बासडरद्धय भद्रगोलका हास्य कलाकार (हरिस निरौला ) कक्रोज तथा सागर लम्साल (बले) ले संयुक्त रुपमा उद्यघाटन गरेका थिए । उद्घाटनकै अबसर पारेर बर्डको थ्रिजी सपोर्ट गर्ने नयाँ ट्याबलेट बि १००० पनि लंच गरिएको थियो । भ्यालेन्टाइन डेबाट लागु हुने यो बर्ड मेलामा बर्ड मोबाइलका बिभिन्न मोडलमा यो अफर दिइएको एमसिएस मोबाइल ग्यालरीका प्रबन्ध निर्देशक मनोज मानन्धरले जानकारी दिए । बिक्रीका लागि राखिएका बर्ड मोबाइलका मोडलहरु लिडर्स प्लस किन्दा जि फाइभ सित्तैमा पाइने तथा अप्टिमा स्मार्ट एन्ड्रोइड किन्दा एन्ड्रोइड स्र्माट फोन सित्तैमा उपलब्ध गराइएको प्रबन्ध निर्देशक मानन्धरले जानकारी दिए । यसैगरि बर्ड मोबाइलको एस ११, जि ६, जि ७, एच ५, एच २, बि १०८, ट्याबलेट डब्लु ७, लिडर लगायतका मोडलहरुमा भारी छुटको ब्यबस्था गरिएको एमसिएस मोबाइल ग्यालरीले जनाएको छ । बिगत लामो समयदेखि लेटेस्ट एण्ड ब्राण्डेड मोबाइलको कारोबारमा ख्याती कमाएको एमसिएस मोबाइल ग्यालरीमा नेपालमा उपलब्ध सबै मोबाइल कम्पनीका ब्राण्डेड मोबाइलको कारोबार भइरहेको छ । बर्ड मोबाइलको बजार बिस्तारमा एमसिएस मोबाइल ग्यालरीले बिशेष योगदान दिएका कारण ग्यालरीको बार्षिक उत्सबमा सहकार्य गर्दै कम्पनीका बिभिन्न मोडलमा छुट उपलब्ध गराएको ग्याजेट्स नेपाल ( बर्डमोबाइल) का प्रबन्ध निर्देशक दिपक कुमार भुजेलले बताए । यो योजना एक हप्ता सम्म चल्ने ग्यालरीले जनाएको छ । -