बेवारिसे अवस्थामा शव फेला

चरिकोट, फागुन ३ – भीमेश्वर नगरपालिका–३, राम्पा भन्ने स्थानमा सडक किनारामा १९ वर्षीय युवक उज्ज्वल थपलियाको
बेवारिसे अवस्थामा शव फेला परेको छ ।
जिल्ला प्रहरी कार्यालय, दोलखाका अनुसार भीमेश्वर नगरपालिका–६ किराँतीछाप मामाघर बस्दै आएका थपलियाको शरीरमा चोट नदेखिए तापनि घटना रहस्यमय भएको भन्दै प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरी निरीक्षक सन्तकुमार लामाले बताए ।
शनिबार साँझ सडकको किनारमा थपलियाको शव देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए ।