मोबाइल महोत्सवमा एकैदिन तीन करोडको कारोबार
३ फागुन, काठमाडौं । न्यूरोडको ताम्राकार कम्प्लेक्समा आयोजित सामसुङ मोबाइल महोत्सवमा पहिलो दिन तीन करोड रुपैयाँ बराबरको मोबाइल तथा एसेसोरिजहरु बिक्री भएका छन् ।
शनिबारदेखि सुरु भएको महोत्सवमा पहिलो दिनको लक्की ड्रबाट कर्मा सांगे लामाले ३० हजार रुपैयाँको मोबाइल जितेका छन् । साथै, उनले मोबाइ खरिद गदौ ५० क्यासब्याक समेत प्राप्त गरेका छन् ।
अर्थमन्त्री डा रामशरण महतका सल्लाहकार गजेन्द्र बिष्टले लक्की ड्र गराएका थिए । लामाले महोत्सवको पहिलो दिन कम्प्लेक्समा रहेको जेएस मोबाइल शपबाट कलर्स एक्स ४७ मोडलको मोबाइल खरिद गरेका थिए ।
त्यसैगरी, दैनिक रुपमा गरिने डोर प्राइजको लक्कि ड्र अन्तरगत तीनजनाले स्मार्टफोन प्राप्त गरेका छन् । महोत्सवमा पहिलो दिन विभिन्न ब्राण्डका २५ सयभन्दा बढि मोबाइल सेटहरु बिक्री भएको अयोजकले जनाएको छ ।
महोत्सवमा पहिलो दिन सामसुङ र हुवावे ब्राण्डका मोबाइलहरु बढी मात्रामा बिक्री भएको वेष्ट टेक मोबाइल शपका गोपाल निरौलाले बताए ।