बजार खरानी भइसकेपछि दमकल आइपुग्यो
फोटो : ( भिषण आगलागीबाट क्षतिग्रस्त ताप्लेजुङको फुङलिङ )
आगो निभ्यो, आँशु रोकिएन
ताप्लेजुङको फुङलिङ बजारमा साेमबार बेलुका दन्किएको आगो
आगलागीवाट ३५ घरहरु ध्वस्त भएका छन् भने आगो नियन्त्रण गर्न आधा दर्जन घरहरु भत्काइएका छन्। आगलागीवाट जिल्ला विकास समिती,नेपाल पत्रकार महाँसंघ,हिमाली संरक्षण मञ्च लगायतका कार्यालयहरु समेत जलेर ध्वस्त भएका छन् ।
आगलागीले घरबारविहिन भएका ताप्लेजुङवासीमा अहिले पनि रुवावासी जारी छ। झुण्ड झुण्ड परेर खुला आकासमुनी वसिरहेका आगलागी पिडितहरु समयमै आगो नियन्त्रण गर्न नसकेको भन्दै सरकार प्रति आक्रोश पोखिरहेका छन्।
सोमबार बेलुकादेखि लागेको भिषण आगो निभाउन बिहान पुगेको दमकल
आगलागीको क्षती विवरण संकलन र पीडितलाई राहत उपलव्ध गराउने लगायतका कामहरु सुरु गरिएको प्रमुख जिल्ला अधिकारी डमरु प्रसाद निरौलाले जानकारी दिए। उनका अनुसार जिल्ला दैवी प्रकोप उद्धार समिति,उद्योग वाणिज्य संघ र रेडक्रसका पदाधिकारीहरु आगलागीको क्षती विवरण संकलन र पिडितको सहयोगार्थ खटिएका छन्। सदरमुकामकै सबैभन्दा बाक्लो वस्ती भएको तोक्मे क्षेत्रका प्रत्येक घरमा पसलहरु भएकोले पनि आगलागीवाट ठुलो क्षती पुगेको प्रहरी नायव उपरिक्षक शान्तीराज कोइरालाले जानकारी दिए ।